रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सपथ लिँदैछन् । यससँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने उनकाे तयारी छ । केन्द्रको सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा माओवादीका महरा शनिबार मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री महराले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री महराले सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा पु¥याउन मन्त्रालय बढाउन तयारी गरेका छन् । माओवादीका एक नेताका अनुसार त्यसबारेमा दलहरुबीच छलफल भइरहेको छ ।

महरालाई मुख्यमन्त्री बनाउन एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले समर्थन गरेका थिए ।
एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन, नाउपा, जसपा र एकीकृत समाजवादीलाई एक÷एक मन्त्रालय दिनेगरी छलफल सत्ता साझेदार दलहरुबीच छलफल भइरहेको ती नेताले बताए । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीले दुईमन्त्री दाबी गरेको छ। ३ सांसद रहेको लोसपालाई समेत सरकारमा ल्याउने र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि मन्त्रालय दिने मुख्यमन्त्रीको तयारी छ ।
ती माओवादी नेताका अनुसार एकीकृत समाजवादी, जसपा र नाउपालाई एउटा÷एउटा मन्त्रालय तथा स्वतन्त्र सांसद र लोसपालाई एक–एक मन्त्रालय दिएर सरकारमा ल्याउँदा हाल रहेको २ मन्त्रालय अपुग देखिएकाले १२ पु¥याउने विषयमा छलफल भइरहेको छ ।
नेकपाले चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ । आज दिउँसो साढे १ बजे मुख्यमन्त्रीले शपथ ग्रहण गर्दा उनले विना विभागीय मन्त्रीको शपथ लिँदैछन् । दलहरूबीच कुन मन्त्रालय कसले लिने भन्ने सहमति नभएका कारण आचार्यले आज विना विभागीय मन्त्रीको शपथ लिन लागेका हुन् ।
आज दिउँसो साढे १ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहणको कार्यक्रम रहेको माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बताए । उनका अनुसार आज गठबन्धन सबै दलबाट एक÷एकजना भएपनि मन्त्री बनाउने मुख्यमन्त्रीले तयारी गरेका छन् ।














