कास्की । कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

आइतबार साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेसाइडक बस्ने २० वर्षीय शोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेवातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।
हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।














