Logo
Logo

२ लाख बराबरको तरकारी बरामद



सिरहा । प्रहरीले माडरस्थित एक गोदामबाट भन्सार छलेर ल्याइएको रु दुई लाख बराबरको प्याज र आलु आज बरामद गरेको छ । सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्रहरी बल माडरको छेउमै रहेको गोदामबाट ५३ बोरा प्याज र २४ बोरा आलु बरामद गरिएको हो ।

गोदाममा भारतबाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको तरकारी रहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा आलु र प्याज फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त परिणामको अवैध प्याज र आलुको मूल्य करिब रु दुई लाख बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्