Logo
Logo

चौधरी ग्रुपको अर्को जग्गा काण्ड



काठमाडौं । सिराहको मिर्चैयामा रहेको एक सरकारी जग्गा पनि विवादित बनेको छ । सिरहाको मिर्चैयामा रहेको सुर्ती विकास कम्पनीको जग्गा कसरी व्यक्तिको नाममा गयो भन्नेबारेमा एक जना सामाजिक अभियन्ता रहेका सुभेन्द्र शाहले खोजिगरिरहेका छन् ।

नेपाल सरकार (श्री ५को सरकार)को नाउँमा फिल्ड्बुक कायम जग्गा क्षेत्रफल ५ बिघा ९ कठ्ठा १८ धुर २०४५ साल असोज ६ गते सुर्ती विकासको नाउँमा गएको थियो । सोही जग्गा अहिले व्यक्तिको नामबाट बिक्री भई राज्यलाई अरबौ रुयैया नोक्सानी गरिएको सामाजिक अभियन्ता साहले जानकारी दिएका छन् ।

श्री ५को सरकारको स्वामित्व रह्ने निर्णय रहेको जग्गामा २०५३ सालको प्रपंच जालझेलबाट २०६३ सालमा भएको किर्ते जालझेलमा पारी उक्त जग्गा लाई हाल १६ वटा मोठमा बिभाजित भएको छ । सो जग्गा पनि चौधरी ग्रुपले सञ्चालन गरेको राइसमिलको नाममा नामसारी भएको आरोप लागेको छ । सो जग्गा मिश्री शाह तेली र अन्य नेताहरुलाई मिलाएर चौधरी ग्रुपले कित्ताकाट गराइएको थियो ।

चौधरी ग्रुपले सुर्ती विकास कम्पनीबाट महालक्ष्मी फूड्स कम्पनीको नाममा ल्याइएको थियो । यो कसरी ल्याइयो भन्नेबारेमा अझै अनुसन्धान हुन बाँकी रहेको छ ।

‘राप्रपा, कांग्रेस, र एमालेका नेताहरु मिलेर सो जग्गा चौधरी ग्रुपबाट लिएर बिक्रीको लागि सहयोग गरेको पाइन्छ’, अभियान्त साहले भने । रामप्रसाद साह, रामप्यारी साह, विमलादेवी लगायतका स्थानीय नेताहरुलाई मिलाइएको पनि दाबी गरिएको छ । रामप्रताप साह भोलाले जग्गा बिक्री विरतण गर्न चौधरी ग्रुपलाई सहयोग गरेको दाबी छ ।

चौधरी ग्रुपमा कसले ल्यायो र त्यो कसरी बिक्री गरियो भन्नेबारेमा सिरहा मालपोत कार्यालयले सबै कागजातहरु नष्ट गरिसकेको स्रोतको दाबी छ । मोठ् २५मा समेत श्री ५को सरकार उल्लेख भएको सो जग्गा नै पनि चौधरी ग्रुपले सञ्चालन गरेको राइस मिलको नामा गएको स्रोतको दाबी छ । हाल उक्त जग्गालाई १०० भन्दा बढी कित्ताकाट गरी बिचौलियाहरुले बेचेका छन् ।

उक्त जग्गामा हाल ४० पक्की भवन निर्माण गरेको, एउटा बोर्डिङ स्कुल, आठवटा निर्माण हुन लागेको अधुरा भवन रहेका छन् । बासँबारी छालाजुत्ता कारखानाको जग्गा नेपाल सरकारको नाममा आएको बेला जनकपुर चुरोट कारखानाअन्तर्गत सुर्ती विकास कम्पनीको सो जग्गाको बारेमा पनि खोजतलास आवश्यक रहेको भन्दै अहिले गृहमन्त्रालयमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्