Logo
Logo

घनश्यामलाई हटाएर रञ्जिताले कैलाशलाई तोकिन् सुदूरपश्चिम संसदीय दलकाे नेता


6.4k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलका नेताबाट घनश्याम चौधरीलाई बर्खास्त गरेकी छन् ।

पार्टीको सम्पूर्ण अधिकार आफूमा केन्द्रित रहेको झल्को दिँदै उनले सुदूरपश्चिम संसदीय दलका नेता चौधरीलाई बर्खास्त गरेकी हुन् । उनले आफ्नो पक्षका सांसद कैलाश चौधरीलार्ई दलको नेताको जिम्मेवारी दिएको पत्रमा उल्लेख छ ।

यसअघि उनले आफ्नै पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्