Logo
Logo

एनआईसी एसिया बैंकलाई लाग्दैन राष्ट्र बैंकको नियम ?



काठमाडौं । एनआइसी एसिया बैंकले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफूखुसी व्याज बढाउने र राम्रो धितोलाई ऋणीलाई थाहै नदिई लिलामी गर्ने कार्य गरेको वर्षौ भइसक्यो, तर पनि राष्ट्र बैंकले समयमा निगरानी नगर्दा बैंक डुब्ने अवस्थामा पुगेको छ । अहिले पनि दैनिक पत्रिका उक्त बैंकको लिलामीको सूचनाले भरिएको छ ।

ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बुद्धि गर्नेदेखि बैंक र जग्गा दलालको भित्री साँठगाँठमा धितो राखेको केही महिनामै बेच्ने र पछि औपचारिकताका लागि जबरजस्ती धितो राखेको घरजग्गा लिलामीमा निकालेर बेचेको नौटंकी गर्ने कार्य बैंकले गर्दै आएको ग्राहकको गुनासो छ ।

यसरी भित्रभित्रै धितो मिलिमतोमा बेच्ने काम एनआईसी एसिया बैंकले अत्याधिक गर्ने भेटिएको छ । सो बैंकले पहिला ऋण प्रवाह गर्दा झुटा आश्वासन दिने र ऋण दिएलगत्तै अत्याधिक व्याज बृद्धि गर्दै ऋणीलाई किस्ता तिर्न गाह्रो बनाउँदै धितो हड्प्ने कार्य गर्दै आएको छ ।

जुन कार्य विद्यमान ऐन विपरित छ । तर, नियमन निकाय नेपाल राष्ट्र बैंक भने सो विषयमा मौन छ, जसले गर्दा अबैध धन्दाको कारोबारले तीव्रता पाएको पीडित ऋणीहरुको गु्नासो छ । कर्जा लिएकालाई सहुलियत दिनुपर्ने ठाउँमा वित्तिय संस्थाहरुले उल्टै व्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाउँदै आएका छन् ।

व्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन र उसको भएजति जेथा सम्पत्ति हत्याउन सकिन्छ भने मनशायले बैंकले यस्तो धन्दा गर्दै आएका छन् । तर, यस सम्बन्ध राष्ट्र बैंकले आँखा चिम्लिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले सरकारी लाइसेन्स लिएर खुलारुपमा मिटरव्याजको धन्दा चलाएको समेत आरोप लाग्न थालेको छ । बैंक तथा फाइनान्सका सञ्चालकहरुमाथि ‘ठगी’ आरोप लाग्दासमेत अबैध कार्य नियन्त्रण गर्नेभन्दा झन् बढाउँदै गएका छन् ।

एनआईसी बैंकको धन्दा
एनआईसी बैंकले देशभर रहेका अधिकाशं आफ्नो शाखाबाट बचतकर्ताको पैसा हिनामिना गर्नेदेखि नक्कली हस्ताक्षर गरेर समेत पैसा झिक्दै बचतकर्तालाई पीडित बनाउँदै आएको पाइएको छ ।

यस बैंकको बर्दिवासस्थित प्रदेश कार्यालय, जनकपुरधामस्थित शाखा कार्यालयबाट नक्कली हस्ताक्षर गरेर रकम हिनामिना गरेकोबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएपछि चैतमा नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । तर, अहिलेसम्म उजुरीमाथि कुनै कारबाही भएको छैन ।

खाता खोल्न बोलाएको तीन महिनापछि बैंकका कर्मचारीले ऋणको किस्ता तिर्न बेलाएपछि मात्र आफूहरु ठगीएको उनीहरुले थाहा पाएका थिए । उनीहरुको नाममा अहिले एनआइसी बैंकको सुर्खेत शाखाले नलिएको २० लाख ९० हजारको ऋण रहेको देखाएर उठाइरहेको छ । बैंकले अमरको नाममा ९ लाख ५० हजार र गणेशको नाममा ११ लाख ४० हजार रुपैयाँ ऋण रहेको कीर्ते कागज बनाएर ऋणी देखाई ठगी गरेको आरोप पीडितहरुको छ ।

धनुषाको लक्ष्मिनिया–७ सिनुरजोडा स्थायी ठेगाना भएका हसन साफीले व्यापार व्यवसाय गर्न एनआईसी एसिया बैंकबाट एक करोड ८५ लाख रुपैयाँ ऋण लिएका थिए । नमुना डिपार्टमेन्ट स्टोरको नामबाट उनले १ करोड ३५ लाख र आफ्नो नामबाट ३५ लाख ऋण लिएका थिए ।

एनआईसी एसिया बैंकको ऋण चुक्ता गर्न उनले व्यक्तिबाट सापटी लिएर एभरेष्ट बैंकबाट एनआइसी एसिया बैंकको खातामा पठाएको थियो । तर, त्यो पैसा बैंकले लगत्तै अरुकै खातामा पठाएको सन्देश प्राप्त भएपछि उनले आफु ठगीएको थाहा पाएका थिए ।

२०७८ बैशाख १४ गते ५० लाख र त्यसलगत्तै साफीको खाताबाट पैसा अर्कै खातामा बैंकले पञ्चमुखी आइरन स्टोर र रमेश मण्डलको खातामा उक्त रकम ट्रान्सफर गरी ठगी गरेको भेटिएको छ । सो बैंकका तत्कालीन म्यानेजर शेखरकुमार झा र अपरेशन म्यानेजर रामनरेश पण्डितको मिलेमतोमा यसरी अरुको रकम ट्रान्सफर गर्दै आएको पाइएपनि कुनै कारबाही भएको छैन ।

एनआईसी एशिया बैंकमा साफीको नाममा रहेको व्यक्तिगत खाताबाट ५० लाख २० हजार र उनको व्यावसायिक प्रतिष्ठानको खाताबाट १ करोड ३५ लाख रकम किर्ते हस्ताक्षर गरि रकमान्तर गरिएको समेत भेटिएको छ ।

‘म्यानेजरले मेरो चेकबुक बनाइदिने भन्दै स्ट्याम लिएका थिए । यही कारणले मेरो खाताको दुरुपयोग गर्दै आएको छ’ उनले भने । उता बैंकले भने खातामा एउटाबाट अर्कोमा पठाएको भन्दै कर्मचारीको बचाउ गदै आएको छ ।

सो बैंकले सर्वसाधारणलाई खाता खोल्न लगाएर नक्कली ऋणको कागजात बनाएर किर्ते हस्ताक्षर गरेर फसाउँदै आएको समेत भेटिएको छ । सो बैंकले सुर्खेतका अमर चौधरी र गणेश थारुलाई जबर्जस्ती खाता खोल्न लगाएर झुक्याएर ऋणको कीर्ते कागजमा सही छाप गर्न लगाएको भेटिएको हो । उनीहरुलाई खाता खोल्न बोलाएर २१ लाख रुपैयाँको ऋणको कागज बनाइ सही छाप गर्न लगाएर बंैकले किर्ते कार्य गरेको पाइएको छ ।

खाता खोल्न बोलाएको तीन महिनापछि बैंकका कर्मचारीले ऋणको किस्ता तिर्न बेलाएपछि मात्र आफूहरु ठगीएको उनीहरुले थाहा पाएका थिए । उनीहरुको नाममा अहिले एनआइसी बैंकको सुर्खेत शाखाले नलिएको २० लाख ९० हजारको ऋण रहेको देखाएर उठाइरहेको छ ।

बैंकले अमरको नाममा ९ लाख ५० हजार र गणेशको नाममा ११ लाख ४० हजार रुपैयाँ ऋण रहेको कीर्ते कागज बनाएर ऋणी देखाई ठगी गरेको आरोप पीडितहरुको छ ।

बैंकका कर्मचारीको मिलिमतोमा कानूनी रुपमा तल नपर्ने गरी बैंकले झुक्याएर खाता खोल्न बोलाइ नक्कली हस्ताक्षर गरेर करोडाँैको ऋण लिएको देखाउँदै रकम झिक्दै आएपनि सम्बन्धित निकायले कुनै कारबाही गर्ने चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्