Logo
Logo

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात


756
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ ।

बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रवीण टिबडेवाला र अनिलकेशरी शाह, नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भूपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको बैंकले जनाएको छ। नर्सिङ रुमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्