Logo
Logo

तराईको तस्करीमा सबैका आँखा



काठमाडौं । राजश्व र भन्सार कार्यालय रहेका तराईका प्रमुख १६ जिल्लामा सबैका आँखा लाग्ने गरेको छ । सरकारका अंगहरुले विमानस्थल भन्सार कार्यालयदेखि राजश्व कार्यालयले समेत राम्रोसँग काम गर्न नसकेको प्रधानमन्त्री कार्यालयको मूल्यांकन रहेको छ ।

आईजीपीद्वय राजु अर्याल र वसन्त कुँवर

सुरक्षा अंग मध्ये सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीद्वय राजु अर्याल र बसन्त कुँवरले पनि तराईका जिल्लालाई टार्गेट गरेका छन् । उनीहरुले मातहत यूनिटलाई राजश्व संकलन बढाउन र चोरी तस्करी रोक्न कडा निर्देशन दिएका छन् ।

तराइका केही जिल्लामा तस्करिकी राज चलेको छ भन्दै दुवै आइजीपीले यस्तो निर्देशन दिएका हुन् । खासगरी झापा मोरङ , सप्तरी, सिराहा, सर्लाही, महोत्तरीका केही नाका बाट व्यापक तस्करी हुने गरेको भन्दै सशस्त्रले त्यहाँ एसपीलाई तस्करी नरोक मूख्यालय फिर्ता गर्ने चतावनी दिएको छ ।

इलामको पशुपतिनगर, मोरङको बरडंगा, सुनसरिको हरिपुर सप्तरीको कुनौली नाकाबाट यतिखेर हार्डवेयर, चिनी, मदिरा आदिको व्यापक तस्करी हुने गरेको सशस्त्र मूख्यालयको बुझाइ रहेको छ । यता, सिरहाको माडरबाट मदिरा तस्करी रोकिएको छैन भने, महोत्तरीको रघुनाथपुर, सर्लाही र रौतहटका केही सीमानाकाबाट समेत तस्करी मौलाएको बताइएको छ ।

अहिले संस्थागत रुपमा नभए पनि स्थानीय स्तरमा तस्करी भएको बताइन्छ । रौतहटको गौर र पर्साको भिश्वा, भिकम्पुर नाका पनि तस्करीका लागि चर्चित छन् । यी नाकाबाट अहिले मदिरा सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

यी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले भन्सार र राजश्व कार्यालयलाई सहयोग गरिरहेका छन् । नेपाल प्रहरीले कमाण्ड कमजोर भएको भन्दै एसपीलाई मुख्यालय तानिसकेको छ भने सशस्त्र प्रहरीले पनि तस्करी रोक्न कडाई नगरे एसपीलाई तान्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्