Logo
Logo

कुमारी बैंकले ल्यायो नयाँ वर्षलक्षित क्यासब्याक अफर


252
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष ०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ।

यस योजनाअन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत रकम फिर्ता पाउनेछन्।

साथै, क्युआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ।

यो योजना ०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म लागू हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्