Logo
Logo

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने 



काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०८१को अवसरमा कुमारी बैङ्कका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् । 

कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जाविरुद्ध एफडी लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैङ्कले जनाएको छ । ग्राहकहरूको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ । 

यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागी र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत  यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैङ्कले सार्वजनिक गरेको छ ।

कुमारी बैङ्कले पछिल्लो समयमा यस्ता धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ । जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रवर्द्धन गर्न ठुलो योगदान पुराएको बैङ्कको दाबी छ । 

बैङ्कले २०८१ वैशाख महिनाको लागि मुद्दती खातामा ब्याजदर निर्धारण गरेको छ । बैङ्कले ३ देखि ६ महिना सम्मका लागि स्वयं उपस्थितमा खोलिएका मुद्दतीमा ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने कुमारी स्मार्टबाट खोलिएका खातामा ६.६६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै ६ महिना  देखि १ वर्ष सम्मका लागि स्वयं उपस्थितमा खोलिएका मुद्दतीमा ७.०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने कुमारी स्मार्टबाट खोलिएका खातामा ७.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी १ वर्ष माथिका लागि स्वयं उपस्थितमा खोलिएका मुद्दतीमा ७.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने कुमारी स्मार्टबाट खोलिएका खातामा ७.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले देशभर ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राह कवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्