Logo
Logo

तीन सर्जकका निबन्ध विधाका तीन कृति एकसाथ लोकार्पण



भक्तपुर । वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्रह र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी)सहित ३ साहित्यिक कृति एकसाथ लोकर्पण गरिएको छ ।

भक्तपुरमा आयोजित लोर्कापण कार्यक्रममा पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गरेका हुन् । कृति लोकार्पण गर्नुहुँदै पूर्वकुलपति काइँलाले तीनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान राख्ने बताए । ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रहका लेखक तथा वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःले लेखन र जीवनको अर्थवोधबारे प्रकाश पारेका थिए ।

त्यस्तै, ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्रहका लेखक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले अब आफु निरन्तर लेखनमा सक्रिय हुने र चाँडै आफ्नो जेलजीवनको संस्मरण तयार गर्ने बताए ।

‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) का लेखक जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति यो युगको एक दस्तावेज भएको बताए ।

तीनैजना सर्जकको कृतिको समिक्षा क्रमस, तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह)को प्रा.डा. कुमार कोइराला, गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्रहको डा. गीता त्रिपाठी र जितेन्द्र रसिक कृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी)को समिक्षक तथा साहित्यकार गोपीकृष्ण ढुंगाना र प्रा.डा. कुमार कोइराले गरे । तीनै कृति माथि समिक्षकहरुले चर्चा गरे ।

शमि साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशनका क्षेत्रमा यी तीनैवटा कृति प्रकाशन गरी पुनः शमी साहित्य प्रतिष्ठानका माध्यमबाट सक्रिय भएर नेपाली वाङ्मयमा योगदान दिन सक्रिय हुँदै अगाडि बढ्ने बताए । प्रतिष्ठानले नियमित प्रदान गर्दै आएको ‘शमी साहित्य साधना सम्मान’ लगाएतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने पनि शर्माले बताए ।

‘संस्कृतिविद ग्वंगःको संस्कृतिका आयाम–२०५२ (पहिलो संस्करण) संस्कृतिया पलं (नेपाल संवत १११०), अवकाशपछिको आकाश–२०६७, चराको गुँडझैँ जन्मस्थल (मेरो भक्तपुर –कविता सङ्ग्रह २०७३), औकातभरिको सौगात निबन्ध सङ्ग्रह –२०७३, रङ्ग अभिज्ञान –निवन्ध सङ्ग्रह २०७४ं) प्रकाशित छन् । उनले ९ दशकको उमेरमा पनि संस्कृति र साहित्यको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउँदै आएका छन् ।

त्यस्तै, ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ गंगाप्रसाद उप्रेतीको १७औं कृति हो । उनको स्मृतिका छालमा इटाली (नियात्रा संस्मरण, २०४४) दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६)– व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७) बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, इ.२००८)–तिब्बतमा दसदिन (नियात्रा, २०६४),नामको खोल (निबन्ध, २०६४),भाषा र संस्कृति (लेखसङ्ग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८), स्मृतिमा फुलेका बहुरङ्गी फूलहरू (संस्मरण, २०६९) समालोचना विविध (समालोचनासङ्ग्रह, २०७१), चक्रव्यूह (कवितासङ्ग्रह, २०७३), घुम्दै फिर्दै अमेरिकामा (नियात्रा, २०७७), स्मृतिमा तरङ्गित विम्बहरू (संस्मरण, २०७७), स्मृति–बिम्ब (संस्मरणसङ्ग्रह, २०७९), र An Impenetrable Fortification -Poetry Collection translated into English, 2023 कृतिहरु प्रकाशित छन् । उनी दुई कार्यकाल नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति पदमा रहेर नेपाली भाषा र वाङ्मयको क्षेत्रमा योगदान दिएका छन् ।

युगको तेज लेखक जितेन्द्र रसिकको १६औं कृति हो । का हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२),काफिया (गजल सङ्ग्रह–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली–२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी–२०७६ ), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक, गुलेली (बालकथासङ्ग्रह–२०७७), हनुमानको करामत बालचित्रकथा २०७८), ‘गजल ऐ महफिल’ संयुक्त गजल सङ्ग्रह (२०७९), सत्यको खोज–वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी–२०८०) प्रकाशित छन् भने करिब एक दर्जन गीत गजल रेकर्ड भइसकेका छन् ।

तीनैवटा कृतिको मूल्य क्रमस ४९५/-, ३९५/-र ५५/- रूपैयाँ रहेको छ । संस्कृतिका आयामको आवरण तश्विर रामगोपाल तमखु, र लेआउट रश्मि खागी र भोला महर्जनको रहेको छ भने ’भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ र ‘युगको तेज’ को आवरण तथा लेआउट पनि भोला महर्जनकै रहेको छ । कृतिहरु शमि साहित्य प्रतिष्ठानले प्रकाशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्