Logo
Logo

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक 



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिटेन्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । 

पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँ सम्मको क्यासब्याक पाइनेछ ।  

यस क्यासब्याक योजनाअन्तर्गत रेमिटेन्स पठाउने व्यक्तिले २५ हजार देखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार १ देखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ ।

ग्लोबल आइएमई बैैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५ सय रुपैयाँ सम्म थप गरिदिनेछ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्र रहेका छन । 

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुराउँदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्