Logo
Logo

चिनियाँ र भारतीय लगानीकर्ता फकाउँदै सरकार



काठमाडौं । तेस्रो लगानी सम्मेलनमा सरकारले चिनियाँ लगानीकर्तालाई पहिलो प्राथमिकतामा राखेको छ । वैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदै छ ।

सरकाले ‘प्रि–इभेन्ट’ को आयोजना गर्दै चिचन र भारतका लगानीकर्तालाई सरकाले फकाउने लक्ष्य लिएको छ । हाल सम्म चीनमा पाँच र भारतमा दुई वटा ‘प्रि–इभेन्ट’ सम्पन्न भएका छन् । ती देशका लागि नेपालका राजदूतावासको अग्रसरतामा लगानी सम्मेलन सम्बन्धी जानकारी दिने लक्ष्यसहित ‘प्रि–इभेन्ट’ निरन्तर भइरहेको छ ।

सुरुमा चीनका लागि नेपालको राजदूतावासको आयोजनामा चीनको बेइजिङसहित पाँच स्थानमा विभिन्न कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो । चीनको बेइजिङ, हङकङ, छेङ्दू र ग्वाञ्जाओमा लगानी सम्मेलनको ‘प्रि–इभेन्ट’ भएका छन् ।

लगानी बोर्डको कार्यालयका अनुसार वैशाख सो छलफलमा १६ र १७ गते हुने लगानी सम्मेलन र सम्मेलनमा प्रस्तुत गरिने परियोजनाबारे छलफल भएको थियो । सबै स्थानमा गरी चीन, हङकङ र मकाउका स्थानीय व्यवसायी, चेम्बर लगायतका प्रतिनिधिसहित १ सय जना बढीको सहभागिता थियो ।

भारतमा दुईवटा लगानी सम्मेलनसँग सम्बन्धित ‘प्रि–इभेन्ट’ भएको छ । नेपाली राजदूतावासको आयोजनामा नयाँ दिल्लीमा ‘पावर समिट’ आयोजना चलेकोे थियो । जसमा नेपाल र भारतका तीन दर्जनभन्दा बढी जलविद्युत लगानीकर्ताको सहभागिता थियो ।

नयाँ दिल्लीमा नै ‘इन्डस्ट्री आउटरिच मिट’ सम्पन्न भएको छ । यो ‘प्रि–इभेन्ट’ मार्फत भारतका उत्पादनमूलक उद्योगी, लगानीकर्ता र निर्यातकर्तालाई नेपालबारे जानकारी दिने लक्ष्य राखिएको थियो ।

सहभागी भारतीय व्यवसायीलाई नेपालमा लगानीको स्थिति र नेपालबाट लाभांश लग्ने प्रक्रिया लगायतका बारेमा जानकारी दिइएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

यसबाहेक बंगलादेश र स्वीजरल्याण्डका लगानीकर्तासमक्ष समेत ‘प्रि–इभेन्ट’ सम्पन्न भइसकेको छ । विश्वभरका विभिन्न देशबाट सयौँ उद्योगी व्यवसायी तथा लगानीकर्ताले सम्मेलनमा सहभागिताका जनाउने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्