Logo
Logo

पेन्सन कोषको रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म कूल १८७ दिन (छ) महिना मुद्दती निक्षेपमा उक्त रकम राख्ने भएको हो । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ ।

इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार कूल रकममध्ये वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

निक्षेप चाहने बैंक तथा वित्तीय कम्पनीले सञ्चालनको २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पुर्याएको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्