Logo
Logo

एसीसी प्रिमियर कपः नेपालको लगातार तेस्रो जित, एक खेल अगावै सेमिफाइनलमा नेपाल 



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । 

आज अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा  भएको खेलमा हङकङललाई ८ विकेटल हराउँदै साविक विजेता नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । 

यो जितसँगै समूह चरणको एक खेल अगावै नेपाल  सेमिफाइनलमा प्रवेश गरेको छ ।   यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले उक्त लक्ष्य १२ ओभर ३ बलमा २ विकेट गाउँदै पूरा गर्‍यो । आजकाे खेल वर्षाका कारण प्रभावित भएपछि १८ ओभरमा झारिएकाे छ ।

नेपाललाई सानदार जित दिलाउनका लागि ओपनर नेपालको लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३२ र अर्को ओपनर आसिफ शेखले १८ बलमा ४० रनको योगदान दिए । त्यस्तै नेपालको कप्तान रोहित पौडेल २५ र सन्दिप जोरा १९ रनमा अजिवित रहे ।

 त्यसअघि हङकङ १७ ओभार ५ बलमा ११४ रनमा अलआउट भएको थियो । हङकङका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भएका थिए ।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका थिए । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२  विकेट लिएका थिए भने करण केसीले १ विकेट लिएका थिए ।

तीन खेलमा तीनै खेल जितेको नेपाल ६ अंकसहित समूह ‘ए’ को अङ्क तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।

प्रतियोगितामा अहिले समूह ‘ए’कै मलेसिया र कतार खेलिरहेका छन् । त्यस्तै आजै समूह ‘बी’ अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका सवा ४ बजे सुरु हुनेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्