Logo
Logo

सशस्त्र प्रहरीको राशन भत्तामा भ्रष्टाचार



काठमाडौं । सशस्त्र प्रहरीको कार्यदलमा रहेका फौजलाई बाहिर खाना नास्ताको व्यवस्था भएपनि राशन भत्ता भने कमाण्डरलाई बुझाउनुपर्ने अवस्था रहेको छ । कार्यदलको कमाण्ड गरिरहेका एसपी समीक महर्जनले महिला प्रहरी र कार्यदलको व्यारेकमा नबस्ने प्रहरी कर्मचारीबाट राशन भत्ताको रकम जम्मा गर्न उर्दी जारी गरेका छन् ।

उनको यो उर्दीपछि मुख्यालयमा आलोचना शुरु भएको छ । कार्यदलभित्र करिब ७ सय फौज रहेको तर भ्याली कमाण्डको बेला कोही पनि बाहिर नपठाउने र कार्यालयमा सामेल पनि गराउने गरेका छैनन् । त्यतिमात्र होइन भ्याली कमाण्डलाई समेत निसंशोच प्रवेश दिन थालिएको छ ।

‘भ्यालीमा राप्रपाको आन्दोलन भयो, भ्यालीमा रहेका फौजले मात्र धान्ने अवस्था थिएन, कार्यदलबाट केहीलाई बाहिर निकाल्नुपर्ने अवस्था थियो, तर जनशक्ति छैन भन्ने खबर छ’, सशस्त्र प्रहरी मुख्यालयका एक डिआइजीले भने ‘‘कहाँ रहेछ भनेको विना जानकारी घर बिदा उल्लेख, काम परेको बेला भेटिन्न ।’ स्रोतका अनुसार उनले जवानहरुलाई घर बिदामा छाड्ने उनीहरुको राशनको पैसा आफ्नो नाममा राख्न लगाउने गरेका छन् ।

अर्कोतर्फ कार्यदलको मेसमा खाना नखाने जुनियर अधिकृतहरुले पनि आधा रकम उनलाई बुझाउनुपर्ने बाध्यकारी बनाइएको छ । ‘हामी बाहिर खान्छौँ, हाम्रो राशन वापतको रकम ५५ सय आउछ, त्यसमा आधा कार्यदलको एकाउण्टमा बुझाउनुपर्छ’, एक महिला प्रहरी कर्मचारीले भनिन् । उनका अनुसार अहिले पनि घर बिदा जाने र कार्यदल बाहिर बस्नेको ठूलो संख्या रहेको छ ।

कार्यदललाई सशस्त्र प्रहरीको मुटुभित्रको फौजका रुपमा मानिएको हुन्छ । त्यहीबाट भ्यालीलाई आवश्यक परेको अवस्थामा थप मद्दति खटाउने गरिन्छ । तर, भ्यालीमा आवश्यक परेको बेला मद्दति फौज दिन नसकेको, इन्टेलीजेन्स व्यूरोलाई आवश्यक परेको बेला खटाउन नसकेको जस्ता गुनासा मुख्यालयमा सुनिएका छन् ।

कार्यदलले सिधै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई रिपोटिङ गर्नुपर्ने हुन्छ । तर, उनले केही समयदेखि अर्याललाई समेत रिपोटिङ नगरी भ्याली कमाण्डरलाई रिपोटिङ गरेर मनोमानी गरेको स्रोतको दाबी छ । ‘आइजीपी अर्यालले विश्वास गर्दै आएकोमा उनले विश्वास घात गरेका छन् । खासगरी, कार्यदलमा रहेका सशस्त्र प्रहरीलाई उनले बिदा छाडेका कारण भ्यालीलाई थप मद्दत दिन नसकेको र इन्टेलिजेन्स व्यूरोले मागेको बेला पनि प्रहरी निरीक्षकको टोलीसमेत खटाउन नसकेका हुन्,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार करिब ७ सय फौजमा २ सय ५० महिला रहेका छन् । महिलालाई त्यहाँ राती र दिउँसो दुवै समय डिउटीमा कम खटाइएको हुन्छ । साथै उनीहरुलाई परिवारसँग बस्न भन्दै आउट खटाउन थालिएको छ । उनीहरुलाई कार्यदल बाहिर बस्ने र उतैखाने सुविधा छ ।

त्यसैगरी परिवार भएका कतिपय जुनियर अधिकृतहरु पनि मेसमा खाना खादैनन् । उनीहरु पनि परिवारसँगै बाहिर कोठा लिएर बसेका छन् । त्यहाँ रहने भनेको मुस्किलले ४ सय फौज देखिन्छ त्यसमा पनि १ सय ५० जति दैनिक बिदामा रहेका हुन्छन । त्यहाँको फौजले सशस्त्र प्रहरी मुख्यालयको सुरक्षादेखि उपत्यकामा रहेका अन्य फौजलाई मद्दत गर्नुपर्ने हुन्छ ।

उनको कमाण्ड रहेको सो फौज अहिले भने मुस्किलले मुख्यालयको मात्रै सुरक्षामा रहेको छ । कार्यदलमा रहने एसपी सधै आइजीपीको सहयोगी बन्नुपर्ने हुन्छ । विगतमा कार्यदलमा रहेका एसपीले आइजीपीलाई सहयोग गरेको र आइजीपीको कार्यक्रम बनाउने, योजना बनाउने, तथा त्यसलाई लागु गर्न खटिएका हुन्थे । तत्कालीन आइजीपी शैलेन्द्र खनालको समयमा कार्यदल सम्हालेका हालका एक एसएसपीले मुख्यालयको सबै प्यारामिटरको मात्र होइन, उपत्यकामा समेत आइजीपीलाई गुनासो नआउने गरी काम गरेका थिए । तर, अहिलेका एसपी महर्जनले भने कुनै पनि कमाण्ड भ्यालीबाहिर गरेका छैनन ।

उनलाई केही समय अघि झापा सरुवा गरिएको थियो । तर, उनले त्यहाँ नजाने भन्दै अटेरी गरेपछि आइजीपी मातहत रहेको कार्यदलको प्रमुख बनाइएको स्रोतले बतायो ।

अहिले पनि त्यहाँ एपिएफ क्लबका खेलाडीहरु राखिएको छ । देशभरका बाहिनीहरुबाट आएका खेलाडीलाई त्यही कार्यदलका राखिएको थियो । आइजीपी कप खेल्न आएका उनीहरु बैशाख ३ गते मात्रै बिदा भएका छन् । उनीहरु चैत २४ गते आएका थिए । उनीहरुबाहेक एपिएफ क्लबका खेलाडीहरुलाई पनि त्यही राखिएकाले उनीहरुलाई पनि बाहिनीपति कपसमेत खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्