Logo
Logo

स्वास्थ्यको अरबौंको टेण्डरमा फेरि घोटाला



काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग मातहतको ब्यवस्थापन महाशाखाले २०८०–०८१ सुरु भएयता करिब २ अर्ब रुपैयाँभन्दा बढीको स्वास्थ्य मेसिन, औजार तथा उपकरण खरिदको बिषय विवादको घेरामा परेको छ । यीमध्ये अधिकांश टेण्डर प्रतिस्पर्धालाई खुम्च्याएर आफ्नै सेटिङको कम्पनीले मात्र भाग लिन पउने गरी स्पेसिफिकेसन तयार गरेको खुलेको छ ।

उक्त उपकरणको टेण्डर मिलाउने ब्यक्ति हुन्, सिन्धुपाल्चोककै सर्जिकल ब्यापारी यज्ञबहादुर भण्डारी । भण्डारीले बिभागमा कार्यरत बायोमेडिकल इन्जीनीयर पदमा मिश्रा र विभागकै अर्का बायोमेडिकल इन्जीनीयर आशिष चौहानको सहयोगमा स्पेसिफकेसन तयार गरेका हुन् ।

आर्थिक बर्ष २०८० सुरु भएयताका ६ महिनाको अवधिमा २ अर्ब भन्दा बढीको उपकरण खरिदको टेण्डर तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतको योजना तथा निर्देशनअनुरुप भएको थियो । उक्त टेण्डरमा माग गरिएका सबै उपकरण बागमती प्रदेशकी पूर्व वनमन्त्री मसिना भण्डारी खड्काका देवर ब्यापारी यज्ञबहादुर भण्डारीसँग खरिद गर्नेगरी सेटिङ गरिएको हो ।

टेण्डर सूचना प्रकाशित गरी अन्तिम समयसीमा नाघिसकेपछि समेत टेण्डरको स्पेसिफिकेसन परिवर्तन गरी आफैंले रुचाएको कम्पनीलाई ठेक्का दिने ठूलो चलखेल भएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतकै योजनामा उक्त चलखेल भएको थियो ।

विश्वबैंकको सहयोगमा कोभिड नियन्त्रण प्रोजेक्टका रुपमा आएको ऋण सहायताको रकमबाट उक्त मेसिन खरिदको टेण्डर भएको थियो । उक्त उपकरण बिशाल पण्डितले खरिद गर्नेगरी बिचौलियाको भूमिकामा यज्ञ भण्डारी देखापरेका थिए । तर पण्डित समूहले भने उक्त उपकरण सस्तोमा दक्षिण कोरियाबाट आयात गर्नेगरी टेण्डर प्रस्ताव तयार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्