Logo
Logo

प्रकाश स्मृति भलिबलका विजेतालाई ३ लाख पुरस्कार



काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गर्दैछ । प्रतिष्ठानले यहि वैशाख २२ देखि २५ गतेसम्म अन्तरपालिका भलिबल प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक कमिटीका संयोजक डोल्मामाया गोलेले जानकारी दिए । प्रतियोगितामा ११९ पालिकाका ४० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यस प्रतियोगिताकाे कुल पुरस्कार राशि १२ लाख रूपैयाँ रहेको छ । जसमा विजेताले ३ लाख, उपविजेताले २ तथा सेमिफाइनलीस्टले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रूपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रूपैयाँ छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्