Logo
Logo

राम्चेदेवी भलिबलको उपाधि पोखरालाई 



स्याङ्जा । राम्चेदेवी भलिबल प्रतियोगिताको उपाधि पोखरा २२ ले हात पार्न सफल भएको छ । ‘शीतला राम्चेदेवी मन्दिरलाई विकास र प्रवर्द्धन गर्न चैतेदशैँ मेला’ भन्ने नाराका साथ स्याङ्जाको फेदीखोला गाउपालिका–४, ढुकढुकी मिलन युवा परिवारले भलिबल प्रतियोगिता तथा नवौँ चैतेदशैँ मेला आयोजना गरेको थियो ।

फेदीखोला गाउपालिका–४, को सहयोगमा आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिताको विजेता पोखरा २२ भएको छ । उपविजेता भने घरेलु टिम शीतला युवा क्लव हुन सफल भएको छ ।

यस्तै घैटो फुटाउने प्रतियोगिताको उपाधि शर्मिला विश्वकर्माले छेलो फाल्ने प्रतियोगिताको उपाधि धनबहादुर नेपालीले चुमेका छन् ।

ऐतिहासिक धार्मिक स्थान मानिएको राम्चदेवी मन्दिरको विकास र प्रवर्द्धनको लागि युवाहरूको सक्रियतामा यहाँ प्रत्येक वर्ष चैतेदशैँ मेला तथा खेलकुदका कार्यक्रम हुँदै आएकाे छ । 

फेदीखोला गाउपालिका–४, का अध्यक्ष ख्याम नारायण पौडेलले यस क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थानीय सरकार सकारात्मक रहेको बताए । उनले युवाहरूलाई समाजका व्यथिति चिर्न सक्रिय हुन आग्रह गर्दै मन्दिरको सरसफाइमा ध्यान दिन आग्रह गरे ।

श्री शीतला राम्चेदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन चैतेदशैँ मेला आयोजक समितिका सचिव सुवास लामिछानेले गरेका थिए । कार्यक्रमको संयोजन देउ बहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्