Logo
Logo
एसिसी प्रिमियर कप

सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै



काठमाडौं । नेपालले आज एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्दैछ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच सेमिफाइनल खेल हुने भएको हो । खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे ओमानको अल अमिरत ग्राउन्डमा सुरू हुनेछ ।

नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यस्तै, समूह ‘बी’को उपविजेता बनेर युएई सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा नेपाल अपराजित रह्यो ।

नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो । नेपाल प्रिमियर कपको साविक विजेता हो ।

नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी–२० खेलेको छ । जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ । पछिल्लो खेल आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत गत कात्तिकमा खेलेको थियो ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

प्रतिक्रिया दिनुहोस्