Logo
Logo

बा म पनि अब नयाँ पार्टी खोल्छु



प्रणय सुबेदी

थोरै कांग्रेसका ल्याउँछु
केही माओबादीका बोलाउँछु
अली धेरै रास्वपाका थुपार्छु
अलीअली एमालेका बटुल्छु
बा म पनि अब नयाँ पार्टी खोल्छु

देउबासँग सरकारमा जान्छु
आरजुको फाईल खोल्छु
प्रचण्डसँग सरकारमा जान्छु
महराको फाईल खोल्छु
केपीबासँग सरकारमा जान्छु
बास्कोटाको फाईल खोल्छु
जनतासँग जाँदा यस्तै यस्तै बोल्छु
बा म पनि अब नयाँ पार्टी खोल्छु

राम्रो मै हुन पुरानाको
विरोध गर्छु
पद पाए पो काम हुन्छ भन्दै
भ्रम छर्छु
जान पाए सरकारमा म पनि
तिनीहरूकै पाऊ मोल्छु
बा म पनि अब नयाँ पार्टी खोल्छु

भित्र पुरानै रक्सी राखेर
बोतल यो नयाँ हो भन्छु
देख्दा देश हाँक्नेझैं बन्छु
सत्ताको स्वाद चाख्नको लागी
पुरानै रक्सीसँग हामीलाई घोल्छु
बा म पनि अब नयाँ पार्टी खोल्छु

–प्रणय सुबेदी

प्रतिक्रिया दिनुहोस्