Logo
Logo

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता



काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन् ।

न्यादी पावरले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग प्रत्याभूतिको काम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्