Logo
Logo

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको आफ्नै भवनबाट सेवा सुरु



काठमाडौं । माछापुच्छ«े बैंकले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । २०८१ वैशाख ४ गते मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ तथा माछापुच्छ«े बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन गरेका हुने ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर मेयर अहमद खाँले माछापुच्छ«े बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्याआरम्भ गरेको अवसरमा खुसी व्यक्त गर्दै बैंकलाई अझै उचाइमा लग्न बैंक सञ्चालक एवं व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष केसीले माछापुच्छ«ेले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निकै नै हर्ष लागेको बताए ।

बैंकले गुणस्तरीय सेवा प्रदान गर्न कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धतासमेत अध्यक्ष केसीले जनाए । समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुखलगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैंकका कर्मचारीको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्