Logo
Logo

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्