Logo
Logo

चालु आर्थिक वर्षमा एक खर्ब ६५ अर्ब लगानी प्रस्तावित



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा एक खर्ब ६५ अर्ब रुपैयाँ प्रस्तावित लगानी आएको छ ।चैतमा मात्र १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । विभागले चैतसम्म दर्ता हुन आएका उद्योगमा २० हजार १३७ जनाले रोजगारी पाउने अनुमान गरिएको जनाएको छ ।

चैत महिनामा मात्र आएका उद्योगले एक अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ । विभागका अनुसार यसरी आएका उद्योगले १३ हजार ८३४ जनालाई रोजगारी दिने अनुमान छ ।

यस्तै यस अवधिमा २ सय ८६ वटा स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।

चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएको विभागले जनाएको छ । यस वर्ष विभागले ८० ठूला, ८५ मझौला र २ सय वटा साना उद्योग दर्ता हुने प्रक्षेपण गरेको थियो ।

चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् । १६ वटा चैतमा दर्ता भएको विभागको तथ्यांक छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्