Logo
Logo

डिजेल पेट्रोलबाट सबैभन्दा बढी राजस्व संकलन



काठमाडौं । चालु वर्षको ९ महिनामा सबैभन्दा धेरै डिजेल पेट्रोलबाट राजस्व संकलन भएको छ । यो अवधिमा आयात घटे पनि राजस्व सङ्कलनमा भने वृद्धि भएको छ ।

सबैभन्दा धेरै राजस्व डिजेलबाट ३९ अर्ब ९८ करोड संकलन भएको छ । दोस्रोमा पेट्रोलबाट २८ अर्ब ९५ करोड संकलन भएको छ । यस्तै, तेस्रो धेरै राजस्व तिर्नेमा एलपीजी ग्यासबाट ७ अर्ब ६४ करोड राजस्व संकलन भएको छ ।

चौथो धेरै राजस्व सङ्कलनमा पेट्रोलियम गाडी रहेको छ । ९ महिनामा गाडीबाट ५ अर्ब ५५ करोड संकलन भएको छ । विद्युतीय गाडी धेरै राजस्व तिर्नेको पाँचौँ नम्बरमा परेको छ । यो अवधिमा इलेक्ट्रिक गाडी आयातबाट ५ अर्ब १७ करोड भन्दा धेरै राजस्व संकलन भएको छ ।

यस्तै ९ महिनामा ११ खर्ब ६७ अर्बको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्ष भन्दा चालु वर्ष २.८४ प्रतिशत कम आयात भएको हो ।

गत आर्थिक वर्ष २०७९÷०८० मा १२ खर्ब १ अर्बको आयात भएको थियो । चालु वर्षको आयातबाट ३ खर्ब ६ अर्ब ८० करोड भन्सार महसुल संकलन भएको छ । यो गत वर्ष सोहि अवधिको तुलनामा ३० अर्ब ७४ करोड बढी राजस्व असुल भएको हो । 

चालु वर्षको ९ महिनामा निर्यात ३.६६ प्रतशतले गिरावट आइको छ । चालु वर्षको ९ महिनामा १ खर्ब १३ अर्ब ९४ करोडको निर्यात भएको छ । पोहोर सो अवधिमा १ खर्ब १८ अर्ब २७ करोडको निर्यात भएको थियो ।

यो अवधिमा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । पोहोर यस्तो घाटा १० खर्ब ८३ अर्ब २२ करोड पुगिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्