Logo
Logo

सेयर लगानीकर्ताले लगानी सम्मेलन घेराउ गर्ने



काठमाडौं । पूँजीबजारका लगानीकर्ताले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् । सरकारले पूँजी बजारसुधारमा ध्यान नदिएको भन्दै प्रदर्शन गर्ने तयारी छ ।

यही बैशाख १६ र १७ मा आयोजना हुन लागेको लगानी सम्मलेनमा प्रदर्शन गर्ने तयारी गरिएको सेयर लगानीकर्ता उपेन्द्र पाठकले बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेयर लगानीकर्ताले सम्मलेन स्थल घेराउ गर्ने तयारी गरेको बताएका हुन् ।

उनले लेखेका छन्’, १६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरूले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन् । सरकार सजग रहनु होला, पूँजीबजारका लगानीकर्ता जोगाउनु होस् ।’

लामो समयदेखि समस्यामा रहेको पूँजीबजार सुधारमा सरकारले चासो नदेखाएको प्रति लगानीकर्ता निराश छन् । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्ने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्