Logo
Logo

कुमारी बैङ्कको लिलामी सेयरको आवेदन दिने समय थप



काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि बिक्रीमा ल्याएको ४ लाख ५० हजार कित्ता सेयरको आवेदन दिने समय थप गरेको छ । बैङ्कले एक सूचना प्रकाशन गर्दै खरिदकर्ताले आवेदन वैशाख १८ गतेसम्म बोलपत्र पेस गर्न सक्ने जानकारी गरेको हो ।

उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १ सय ६ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ ।

आवेदन बैङ्कको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं दिनुपर्नेछ । यसअघि आवेदन दिने अन्तिम मिति वैशाख ११ गते कायम गरिएको थियो । तर, सो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएपछि संस्थापक सेयर धनीको सहमतिमा म्याद थप गरिएको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्