Logo
Logo

सुन प्रतितोला १४ सय बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १ हजार चार सय रूपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्