Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न संघसंस्थामा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंका विभिन्न संघसंस्थामा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघसंस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको हो ।सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालि र समाज डेन्टल हस्पिटल प्रालि बौद्ध काठमाडौंमा अवस्थित उत्पला क्याफे र वसुन्धरामा अवस्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटका सेवाहरुमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । यसअघि पनि बैंकले स्वदेश तथा विदेशका विभिन्न संघसंस्थासँग समन्वय गरी ग्राहकलाई सेवा सुविधा प्रदान गर्दै आएको छ ।

जसमा बैंकका कार्डबाहक ग्राहकहरुले भारत गुँडगाँवस्थित मेदान्त द मेडिसिटी अस्पताल र भारतमै अवस्थित अपोलो हस्पिटलस इन्टरप्राइजेज लिमिटेडमा विशेष छुट प्राप्त गर्दै आएका छन् । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशैभरिका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्