Logo
Logo

वित्तीय क्षेत्रका अराजकहरूलाई तत्काल कारबाही गर्नुपर्छः निलम ढुङ्गाना



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले वित्तीय क्षेत्रमा अराजक गतिविधि गर्नेलाई कारबाही गर्न ढिलाई गर्न नहुने बताएका छन् । डेपुटी गभर्नर ढुङ्गानाले वित्तीय क्षेत्रमा अराजक गतिविधिलाई तत्कालै कारबाही गर्नुपर्ने बताएका हुन् ।

राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सवमा बोल्दै ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएका छन् । उनले भने, ‘वित्तीय स्थायित्वमा खलल पार्ने गरी गरिने कुनै पनि गतिविधि स्वीकार हुँदैन, तत्कालै कारबाही गर्नुपर्छ ऋण लिएपछि तिर्नैपर्छ । तिर्दिन भन्नू गलत हो ।’

उनले विश्वमा अनेक आर्थिक सिथिलता बढेपनि राष्ट्र बैंकले उचित व्यवस्थापन गर्नु राम्रो पक्ष रहेको बताए । लगानी सम्मेलनलाई सहयोग गर्न राष्ट्र बैंकले धेरै कानुन संशोधन गरेको छ । विदेशी कम्पनीलाई देशमा व्यापार गर्न र नाफामा लैजान सजिलो बनाइएको बैंकले जनाएको छ । कार्यक्रममा बोल्दै ढुङ्गानाले बैंकलाई आजसम्म नेतृत्व गर्ने सबै पुर्व गभर्नरहरु प्रति नमन र आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्