Logo
Logo

बैंक तथा वित्तीय संस्था मध्ये १९४ लाइसेन्स खारेज



काठमाडौं । बैंक तथा वित्तीय संस्था मध्ये १९४ लाइसेन्स खारेज भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्त रिपोर्ट तथा बैंक तथा वित्त कम्पनीहरूको सङ्ख्यात्मक एवं गुणात्मक स्थिति अनुसार यस्ताे नतिज सार्बजनिक भएकाे हाे । केन्द्रीय बैंकको मर्जर नीति अन्तर्गत २०८० चैत मसान्तसम्म वित्त संस्था१०९ वटा कायम छ । मर्जर विनियमावली बन्दाको बखत यस्तो बैंक तथा वित्त कम्पनी ३४७ थियो ।

विगत एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २० वटा कायम भएको छ । समीक्षा अवधिमा १९४ वटा बैंक तथा वित्त संस्थाको इजाजत खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल १०९ वटा बैंक तथा वित्त संस्थाहरूमध्ये वाणिज्य बैंक २० वटा छ । विकास बैंक र वित्त कम्पनीहरूको सङ्ख्या १७÷१७ वटा छ । यस्तै, लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ५५ वटा रहेकोमा २०८० चैत मसान्तसम्म एउटामात्र पूर्वाधार विकास बैंक छ । केन्द्रीय बैंकको निरन्तरको मर्जर नीतिले थप सङ्ख्या घट्ने निश्चित छ ।

कुल ११० बैंक तथा वित्तीय संस्था (एउटा पूर्वाधार विकास बैंकसमेत) गरी हाल देशैभरि ११ हजार ५९४ बैंक शाखा पुगेका छन् । २०८० फागुन मसान्तसम्म वाणिज्य बैंकका ५ हजार ४१, विकास बैंकका १ हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका ५ हजार १३० गरी बैंक तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको हो ।

जस अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब २ हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्