Logo
Logo

गुल्शन पनि आउट, पाँच विकेट गुमाउँदा दबाबमा नेपाल



काठमाडौं । वेष्ट इजिण्ड ‘ए’ विरुद्ध जवाफी ब्याटिङमा नेपाल पाँच विकेट गुमाएको छ ।

टप अर्डरका ब्याट्सम्यानहरू गुमाउँदा नेपाल दबाबमा परेको छ । ८ ओभरको खेलमा गुल्शन झा पनि आउट भएका छन् । ११ बल खेलेका गुल्शनले दुई छक्का र चार चौका प्रहार गर्दै २६ रन बनाएका थिए ।

पहिलो विकेट जाँदा नेपालले २० रन जोडेको थियो । त्यसपछि ४.४ ओभरमा अनिल साह क्याच आउट भए ।

लगत्तै अर्का ओपनर लोकेश बम आउट भएपछि क्रिजमा आएका कुशल मल्ल पनि रनआउट भए । ९ ओभर सकिंदा नेपालले ६७ रन जोड्दा पाँच विकेट गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्