Logo
Logo

नेपाल प्रहरीमा रवि आतंक



काठमाडौं । रास्वपाले गृहमन्त्रालय सम्हालेपछि प्रहरी संगठन भद्रगोल भएको छ । विगतमा उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी चितवन पुर्याएपछि प्रहरीप्रति मोह भंग भएका लामिछानेले आफू आउने वित्तिकै भद्रगोल बनाएका हुन् । ७८ हजार प्रहरीको नेतृत्व गर्ने प्रहरी महानीरिक्षकको समेत अधिकारलाई वेवास्था गर्दै मधेश प्रदेशका जिल्ला प्रमुखहरु सरुवा गरेका लामिछानेले यसै साता ६ एसएसपी र एक डिआइजीको सरुवा गरिदिएर थप भद्रगोल बनाएका हुन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विदेशमा भएको मन्त्रीस्तरीय निर्णय गरेर नेपाल प्रहरीका ६ एसएसपी र एक डीआईजीको सरुवा गरिदिए । मन्त्री लामिछानेले डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेशको प्रहरी प्रमुखमा सरुवा गरिएको छ । एसएसपी बसन्त रजौरेलाई जिल्ला प्रहरी परिसर काठमाडौं र सानुराम भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिदिए । भट्टराईले अख्तियार बाहेक अर्को ठाउँमा बसेर अपराध अनुसन्धानको कार्य गरेका छैनन ।

परिसरका प्रमुख एसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नौ महिनामै सरुवा गरिदिए । नेपाल प्रहरीमा सामान्यतय कार्यक्षेत्रबाट एक वर्ष नपुगी सरुवा गरिदैन । तर प्रहरीको कार्यविधिलाई समेत चुनौति दिदै गृहमन्त्री लामिछानेले सरुवा गरिदिएका छन् ।

खत्री र राठौरको कार्यसम्पादन राम्रो हुँदाहुँदै नौ महिनामा सरुवा गरेर प्रहरीभित्र आतंक मच्चाए । कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाए । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी राजन अधिकारीलाई काठमाडाँै ल्याए । आईजीपी कुँवर सोमबार फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् । एसएसपी र डीआईजी सरुवा मन्त्रीस्तरीय निर्णयका आधारमा हुन्छ । तर पनि आईजीपीको सहमतिमा मात्र सरुवा गर्ने परम्परा तोडेर गृहमन्त्री लामिछानेले उनी विदेश भएको समयमा सरुवा गरेका छन् ।

परिसर प्रमुख एसएसपी खत्रीले लामिछानेको दोहोरो राहदानी सम्बन्धमा परेको उजुरीमाथि अनुसन्धान गरिरहेका थिए । गृहमन्त्री लामिछानेले मन्त्रालय सम्हालेको केही समयमै ७ वटा जिल्ला इन्चार्ज हेरफेर गर्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई आफू चुप लागेर नबस्ने संकेत गरेका थिए । कतिसम्म भने जिम्मेवारी सम्हालेको डेढ महिना पुगेका एसपीको पनि सरुवा भएको थियो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला जिल्ला इन्चार्ज बनाइएका प्रहरी उपरीक्षक (एसपी)हरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भएलगत्तै सरुवामा परेका थिए । प्रहरी नियमावलीमा समेत इन्चार्जमा खटिएको प्रहरी कर्मचारी विशेष कारणविना एक वर्ष अवधि नपुग्दै सरुवा नगरिने उल्लेख छ ।

प्रहरी नियमावलीको दफा ५० मा सरुवा अवधिबारे उल्लेख छ । दफा ५० को (१) मा ‘कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतया पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा गरिने छैन’ उल्लेख गरिएको विषयलाई गृहमन्त्रीले हेर्न छाडिसकेका छन् ।

उनका लागि यस्तो नियमावलीले कुनै काम गरेको छैन । अवधि नपुगी सरुवा गर्नुपर्ने अवस्थामा भएमा सरुवाको कारण सम्बन्धित प्रहरी अधिकृतलाई जानकारी दिनुपर्ने उल्लेख छ । दफा ५० को (२) मा भनिएको छ, ‘अवधि नपुग्दै कुनै प्रहरी कर्मचारीलाई सरुवा गर्नु परेमा सो को कारण उल्लेख गर्नु पर्नेछ ।’ प्रहरी कर्मचारीले आफ्नो सरुवा बारे लिखित जानकारी मागेमा सम्बन्धित कर्मचारीलाई जानकारी दिनुपर्ने हुन्छ । तर यस विषयमा गृहमन्त्रीले सोच्दै नसोची परिसर प्रमुख र अपराध अनुसन्धान कार्यालयका प्रमुख को सरुवा गरिदिए ।

यसैगरी अर्का व्यावसायिक प्रहरी विनोद शर्मालाई पनि सिन्धुलीबाट काठमाडौ ल्याइदिए । उनले आफू किन सरुवा भए भन्ने पनि थाह पाएनन । गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोतले बताएको छ । उनको २०८० फागुन १ गते सिन्धुलीमा सरुवा भएको थियो । तर, उनी ६ गते मात्र कार्यालयमा हाजिर भएका थिए । उग्र स्वभाव भएका एसपी शर्मा पटक पटक विवादमा आइरहेका पात्र हुन् । उनको ठाउँमा कसैलाई पनि जिम्मेवारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्