Logo
Logo

अक्षम डिआइजीलाई अवसर



काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी अफिसर मध्ये अवसर नै अवसरको श्रंखलामा रहेका एक डिआइजी छन्–ती हुन् दूर्गासिंह चन्द ठकुरी । सर्वोन्द्र खनाल प्रहरी महानीरिक्षक रहेका बेला निर्मला पन्त बलात्कार र हत्या घटनाकोअनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठायो ।

पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको थियो । तर उनी त्यहाँ बसेर केही काम गर्न नसकी फिर्ता भईन । साथमा, उनका पति हालका एसएसपी गणेश चन्दलाई पनि घुमुवाको रुपमा पठाइएको थियो । रवि लामिछाने पहिलो पटक गृहमन्त्रालय सम्हाल्ने वित्तिकै उनै दूर्गालाई छानवीन समितिको संयोजक बनाइदिएका थिए । त्यो समितिले अहिलेसम्म के काम गर्यो भन्ने रेकर्ड छैन ।

लामिछाने आउने वित्तिकै उनलाई गण्डकी प्रदेश प्रमुख बनाएर पठाइएको छ । यसरी अवसरको सदुपयोग गर्नेमा डिआइजी दुर्गाका दम्पत्ति नै पर्छन । उनीहरु दम्पत्तिले नै पालै पालो दाङ जिल्लाको कमाण्ड गर्ने अवसर पाएका थिए । बढुवामा अघि पछि भएपनि अहिले डिआइजी बढुवामा उनका श्रीमान गणेश चन्द दौडधुपमा लागेका छन् । उनीहरु दुवै आइजीपी वसन्त कुँवरका व्याची हुन् ।

डिआइजी दूर्गालाई पठाउन पनि लामिछानेकै भूमिका रहेको छ । आइजीपीले अर्जुन चन्द ठकुरीलाई पठाउन खोज्दा लामिछानेले आइजीपी नभएको बेला सरुवा गरिदिए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेकी उनलाई हतारमा किन पठाउनु पर्यो भन्दै प्रहरी प्रधान कार्यालयलमा गुनासो रहेको छ । ‘कोहीलाई अवसर छैन कोहीलाई भने खात माथि खात अवसर प्रदान गरियो’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार अन्य महिला प्रहरी कर्मचारीभन्दा सबैभन्दा बढी अवसर पाउने उनै दूर्गा हुन् । उनले एसएसपी हुँदा ललितपुरको पनि कमाण्ड गर्ने अवसर पाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्