Logo
Logo

वेस्टइन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै


52
Shares

काठमाडौं । पाँच टी–२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्टइन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदै यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् । नेपाली टीममा दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम र आरिफ शेख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्