Logo
Logo

वेष्टइण्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य


26
Shares

काठमाडौं । टी-२० क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ ले नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो ।

उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।

आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे । फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे । नेपालका सागर ढकाल र करण केसीले १–१ विकेट लिए।

पाँच खेलको श्रृंखला अन्तर्गत अहिले तेस्रो खेल भइरहेको हो । यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक एक खेल जितेका छन् ।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्टइण्डिजँंग १० रनले पराजित भएको थियो ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्