Logo
Logo

टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल



काठमाडौं । टी–२० सिरिज अन्तर्गत वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, अविनाश बोहरा, प्रतिश जिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्