Logo
Logo

वेष्टइण्डिज’ले दियो २१० रनको लक्ष्य, नेपाललाई जित्नैपर्ने दवाव



काठमाडौं । वेष्टइण्डिज ‘ए’ले टी–२० श्रृंखलाको चौथो खेलमा नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो ।

वेष्ट इण्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन, जोनसन चार्ल्सले ५८ रन,फाबिएन एलेनले ३३ रन, अथान्जे जिसीले ५ रन र केसी कार्टी ४ रनको योगदान गरे ।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट र प्रतिश जिसीले एक विकेट लिए। नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ ।

यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो ।

नेपालले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ । आगामी जुन २ बाट सुरु हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजसँग शृंखला खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्