Logo
Logo

राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरमा नयाँ कार्य समिति



हेटौंडा । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको बैशाख २० गते भएको ९औं साधारण भेला तथा तेश्रो अधिवेशनबाट मदनकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका वडा नं. ७ को सदस्य राधिका विकको विशेष आतिथ्यता, हेटौडा नगर खेलकुद विकास समिति सदस्य संगीता केसीको आतिथ्यता तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रीय सदस्य नारायण सिंङ थिङको उपस्थितिमा भेला सम्पन्न भएको थियोे ।

भेलाले उपाध्यक्षमा केशवबहादुर कार्की, राजकुमार थापा र भोजराज पराजुली, सचिब रवीन्द्र राई, सहसचिव रावण किष्म राई, कोषाध्यक्ष दीपेन्द्र नेपाली चयन भएका छन् । यस्तै, सदस्यहरू अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनक राईलाई चयन गरेको छ ।

भेलाले सन्देश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौंडा नगर समिति समेत गठन गरेको छ । जसमा उपाध्यक्ष अन्तेश्वर कापर, सचिब सन्तोष बस्नेत, कोषाध्यक्ष अभिषेक बानियाँ, सदस्य रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्