Logo
Logo

फुट्यो जसपा, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुने भएको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनको निर्णय भएको हो ।

नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

विभाजनको पक्षमा सात जना सांसदको हस्ताक्षर भएको बताइएको छ । सांसद अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, नवनियुक्त समानुपातिक सांसद हसिना खानलगायत सात जनाले अलग हुने निर्णय गरेको एक नेताले जानकारी दिए । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्