Logo
Logo

गस्ती गएका प्रहरी माथि कुटपिट, ३ जना पक्राउ



स्याङ्जा । स्याङ्जामा गस्ती गर्न गएका प्रहरी माथि कुटपिट भएको छ । वालिङ नगरपालिका १३ थुम पोखरामा कार्यरत प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहलाई बायाटारी स्थित झोलुङ्गे बजारमा शनिवार राती साढे १० बजे मादक पदार्थ सेवन गरी साथी साथी बिच होहल्ला र झगडा गरेका युवाहरूले कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार झोलुङ्गे बजारमा मादक पदार्थ सेवन गरी झगडा र होहल्ला भएको छ भन्ने सूचना प्राप्त हुन साथ प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंहको कमान्डमा ३ प्रहरी घटनास्थलमा पुगेर युवाहरूलाई सम्झाई बुझाई गर्ने प्रयास गरेका थिए । 

युवाको कुटाइबाट घाइते भएका प्रहरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका उनी खतरा मुक्त छन् ।

स्याङ्जा वालिङ नगरपालिका १२ कोखे बस्ने २८ वर्षीय रबिन गुरुङ, २५ वर्षीय काजी गुरुङ, २४ वर्षीय सुदिप गुरुङ प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेको सूचना अधिकारी रानाको भनाई छ । आफ्नै साथीको कुटपिटबाट घाइते भएका रबिनको प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्