Logo
Logo

गैरसंवैधानीक विश्वासको मतविरुद्ध अदालत जान्छौँः कांग्रेस


441
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक भएको भन्दै अदालत जाने बताएको छ ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताए। आइतबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायिक निरूपणको लागि आफूहरू फेरि न्यायालय जाने बताए ।

उनले भने, ‘हामी दुई लडाइ लड्ने छौँ । राजनीतिक रूपमा पनि हामी लड्ने छौँ भने न्यायिक रूपमा पनि लड्छौँ । आज उहाँहरूले बलजबरजस्ती शैलमा सत्ता कब्जा गर्ने, संसद् कब्जा गर्ने प्रयत्न गर्नुभयो त्यसको नेपाली कांग्रेस भर्त्सना गर्छ ।’ उनले यस्ता गतिविधिले संविधान सिध्याउने खेल भएको बताए । उनका अनुसार सोमबार नै कांग्रेस सर्वोच्च अदालत जानेगरी तयारी भएको छ ।

विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको थियो । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्