Logo
Logo

खोलामा बेपत्ता बालकको शव सशस्त्र प्रहरीले निकाल्यो



कास्की । पोखरा महानगरपालिका १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने करिब १५ वर्षीय सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्नेक्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।  बेपत्ता सुवेदीको बारेमा संगै पौडी खेल्न गएका साथीले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए । 

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले हर्पन खोलाबाट १४ः२० बजे बालकको शव निकालेको हो ।  

प्रतिक्रिया दिनुहोस्