Logo
Logo

बागमतीमा आजदेखि नेवारी र तामाङ पनि सरकारी कामकाजको भाषा



काठमाडौं । आजदेखि बागमती प्रदेशमा तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग हुने भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्नु उपयुक्त देखिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

उनका अनुसार आज काठमाडौँमा विशेष समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्