Logo
Logo

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ सवारी चालक कारबाहीमा


0
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा ती चालकलाई कारबाही गरिएको हो।

कार्यालयको दैनिक ट्राफिक कारबाही विवरणअनुसार तीव्र गतिमा सवारी चलाउने ११७ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जना कारबाहीमा परेका छन्।

त्यस्तै, सिसिटिभी निगरानीमार्फत ट्राफिक नियम उल्लङ्घन गर्ने ४७ जना र ट्राफिक बत्तीको संकेत (रेड लाइट) उल्लङ्घन गर्ने ३९ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, सवारीसाधनको अवस्था दुरुस्त नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना र लेन अनुशासन उल्लङ्घन गर्ने ६ जना चालकलाई पनि कारबाही गरिएको छ।

उक्त अवधिमा एकतर्फी सडक (वान वे) उल्लङ्घन गर्ने चालक भने कारबाहीमा परेका छैनन्। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000