Logo
Logo

हिमालयन बैंकद्वारा वीरगंज र पर्सा प्रहरीलाई तीन लाख बराबरको क्यामरा प्रदान



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको Chest Strap सहित पाँच थान Gopro Hero 12  क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत श्री पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख श्री सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक श्री कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गर्नु भयो । उक्त समारोहमा बंैकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्