Logo
Logo

‘दीपक कार्की जसपा उपेन्द्र यादव पक्षमै’



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि अशोक राईको पक्षमा रहेका भनिएका दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको बताएका छन् ।

राज्यमन्त्रीसमेत रहेका कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कापडले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै कार्की उपेन्द् यादव पक्षको रहेको बताएका छन् ।

‘अत्यन्त भ्रामक जानकारी सम्प्रेषण भइरहेकोप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागी अनुरोध छ ।’

यसअघि जसपा नेपाल विभाजन गरेर बनेको अशोक राई नेतृत्वको जसपामा कार्कीको नामसमेत रहेको थियो । कार्की हाल वन तथा वातावरण राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्