Logo
Logo
जसपा फुटको असर लुम्बिनीमा

राजीनामा दिएको १६ दिनमै अहिर पुनः मन्त्री नियुक्त



काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ ।

वैशाख ८ गते राजीनामा दिएर घरमै बसेका जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर आज लुम्बिनी प्रदेश सरकारमा पुनः सहभागी भएका हुुन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी लिँदै पदभार ग्रहण गरेका छन् ।

यसअघि मुख्यमन्त्री जोखबहादुर महाराले जसपालाई दुई मन्त्रालय दिने सहमति कार्यान्वयन नगरेको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा मुख्यमन्त्रीस्वीकृत गरेका थिएनन् ।

आइतबार पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएको अहिरका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए । लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य रहेको जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्