Logo
Logo

अख्तियारको तारो बन्दै सचिव पाण्डे



काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले आफ्ना विश्वासपात्र गणेश पाण्डेलाई पर्यटन मन्त्रालयमा पठाएका छन् । दिनेश भट्टराईलाई रोकेर उनले पाण्डेलाई पर्यटन मन्त्रालय पठाएका हुन् ।

सचिव गणेश पाण्डे

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेसँगै पाण्डेलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई सरुवा गरिएको हो ।

यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंक्षी विकास सचिवका रुपमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्ले पशुपंक्षीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिने निर्णय गरेको छ । यसैगरी कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरेको छ । दिनेश भट्टराईलाई यसअघि नै महिला बालबालिका मन्त्रालयमा खेदेपछि पाण्डेलाई पर्यटन मन्त्रालय पठाउन अर्याल सफल भएका थिए ।

राजस्व विभागमा रहेर विभिन्न निर्णय प्रक्रियामा संलग्न रहेका अधिकारीहरूसमेत छानबिनमा तानिने अवस्थमा उनको सरुवा पर्यटन मन्त्रालयमा भएको हो । स्रोतका अनुसार यसरी छानबिनमा तानिनेमा तत्कालीन कर अधिकृतको रूपमा काम गरेका गणेश पाण्डे पनि रहेका छन् ।

आर्थिक लेनदेनको प्रमाण बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव अर्याललाई राजीनामा दिन आग्रह गरेका भएपनि अहिले प्रचण्डलाई नै रिझाएर बसिरहेका छन् । मन्त्रिपरिषद्को कार्यालयमा नियमित काम गरिरहेका अर्याल नै सचिव सरुवाको निर्णाय बन्न थालेका छन् । मुख्यसचिव अर्यालले प्रधानमन्त्री प्रचण्डलाई समेत ठाडो चुनौती दिएको चर्चा छ ।

अख्तियार स्रोतका अनुसार मुख्यसचिव अर्यालमाथि टेरामक्सलगत्तै घुस लेनदेन र अकुत सम्पत्ति आर्जनलगायतको मुद्दा चाँडै विशेष अदालतमा दायर हुने सम्भावना छ । टेरामक्समा मुख्यसचिव अर्यालसहित तत्कालिन सञ्चारमन्त्री र स्वास्थ्यमन्त्री समेत रहेका मोहनबहादुर बस्नेत, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सांसद् ज्ञानेन्द्रबहादुर कार्की, संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहलगायतका भ्रष्टाचारमा तानिने संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्